ताप्लेजुङ। नेपाली कंग्रेस निटक भातृ संगठन नेपाल तरुण दलले बिपि जयन्ति दिवसको अवसरमा ताप्लेजुङमा फरक क्षमता भएका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गरेको छ ।
नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको १ सय ९ औँ जन्मजयन्तीको अवसरमा बालमन्दिर आधारभूत विद्यायका विद्यार्थीहरुलाई सामाग्री प्रदान गरिएको तरुण दलका कार्यवाहक अध्यक्ष पृथ्वी पालुङवाले जानकारी दिनुभयो । उहाँका अनुसार कोइरालाको तस्बिरमा माल्यापण लगायतका कार्यक्रम समते गरिएको छ ।
जयन्तीका अवसरमा कांग्रेस, भातृ संस्थाले ताप्लेजुङ सहित मुलुकभर विभिन्न कार्यक्रम गरी दिवस मनाएको नेपाली कांग्रसले जनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति केशव प्रसाद दाहाल, नेपाल तरुण दलका नेपाल विद्यार्थी संघ नेवि संघ र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।







