१० भाद्र, ताप्लेजुङ । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व. मङ्गलादेवी सिंहको २६ औँ स्मृति दिवसमा उनले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको स्मरण गरिएको छ ।

नेपाल महिला सङ्घ ताप्लेजुङको आयोजनामा आज साझ मङ्गलादेवीको पराजुली चौकमा एक कार्यक्रमको आयोजना गरी उनको तस्बिरमा माल्यार्पण गरि दीप प्रज्वलन गर्दै श्रद्धान्जली अर्पण गरियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता केसब दाहालले नेपाली महिलाको हक, अधिकारका लागि सधै आवाज उठाउने नेतृ मङ्गलादेवीले एकतन्त्रीय राणा शासन फाल्ने देखि प्रजातान्त्रिक आन्दोलनमासमेत महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।

त्यस्तै नेपाली काङ्ग्रेस ताप्लेजुङका सचिब डम्बर हाङ्गामले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै अधिकार सुनिश्चित गर्नका लागि महिलाहरु लड्नुपर्ने बेला आएको जिकिर गरे । भर्खरै केही दिन अघि ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा ७ बर्षिय बालिकाको बलात्कृत घटनाको समेत घोर भर्सना गरि आरोपितलाई कारबाही गर्नुपर्ने माग समेत गरे।

महिलाका हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिलाहरु भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!