ताप्लेजुङ! ताप्लेजुङमा ७ वर्षिय नावालिकालाई जवरजस्ति करणी गरेको अभियोगमा ६३ वर्षिय पुरुष पक्राउ परेका छन ।
पक्राउ पर्नेमा आठराई त्रिबेणी गाउ‘पालिका १ निगुरादिनका कैलाश पोमु लिम्वू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बुधवार दिउसो ३ वजेको समयमा पक्राउ गरिएको लिम्बूलाई बिहीबार जिल्ला अदालतवाट म्याद थपगरी आवश्ष्क अनुसन्धान सुरु भएको प्रहरी निरिक्षक कुशराम कार्किले जानकारी दिनुभएको छ ।







