हाइड्रो पावरकालागि दक्ष जनशक्ती उत्पादन गर्ने उदेस्यका साथ ताप्लेजुङ सदरमुकाम स्थीत बालसुवधिनी माध्यमिक विधालयमामा यो सैक्षिक सत्रवाट ३ वर्षे डिप्लोमा इन हाइ«ोपावर विषयको अध्यापन हुने भएको छ ।

शिभिल इन्जिनियरीङ अन्तर्गत हाइड्रोपावरको अध्यन गर्न सकिने विधालयले जनाएको छ । आईतवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको सभाहलमा पत्रकारहरुलाई जानकारी गराउदै उक्त विधालयका प्रधानाध्यापक रामचन्द्र उपाध्यायले उक्त विषय अध्यनकालागि दूई किसिमको छात्रवृती पनि रहेको वताउनुभयो ।
उहाँका अनुसार निशुल्क छात्रवृती (वर्गीकृत) र शुल्कीय छात्रवृत्ति रहेको छ ।

निशुल्क छात्रवृती अन्तर्गत ४ जनाविधार्थीले लाभ लिन सक्नेछन् भने शुल्कीय अन्तर्गत उच्च अंक ल्याउने एक विधार्थीले उक्त छात्रवृत्ति प्राप्त गर्नेछन् ।
अघिल्लो सेमेस्टरमा कालिकोट सम्मका विधार्थी अध्यनकालागि आएको उहाँले वताउनुभयो ।

उपाध्यायका अनुसार इच्छुक विर्धाथीले यहि श्रावण २६ गते सम्ममा भर्नाकालागि आवेदन दिन सक्नेछन् भने आगामी भाद्र ४ गते विधालयले प्रवेश परिक्षा गर्नेछ ।
उक्त विषयको अध्यापनमा आर्थिक समस्या कस्तो छ ? भन्ने पत्रकारको प्रश्नमा उहाँले आर्थिक क्षेत्रमा समस्या रहेको वताउदै केही समय अगाडी प्राविधिक विषयको अध्यापन गराउने प्रदेश एकका विभिन्न विधालयहरुले प्रदेश नं एकको समाजीक सुरक्षा मन्त्रालय सँग आर्थिक विषयमा कुरा गर्दा प्राविधिक विधालयलाई दरबन्दी लगायतको व्यावस्थ गर्ने मन्त्रालयले आस्वासन दिएको जानकारी गराउनुभयो ।

उक्त विषय सो विधालयमा अध्यापन हुने भएपछि पुर्वका विभिन्न जिल्लाका विधार्थी सम्पर्कमा आएका उहाँको भनाईथियो ।

“पाँचथर , झापा लगायतका विधार्थीहररुले भर्ना हुने इच्छा देखाएकाछन् तर एसईईमा उत्कृष्ट ग्रेड ल्याएका विधार्थीलाई मात्र हामीले अध्यनका लागि भर्ना लिने गरेकाछौ ।सीटीईभीटीले भर्नाको म्याद थप्यो भनेमात्र हाँमी ग्रेड वृद्धी गर्ने विधार्थीलाई समावेश गर्न सक्छौ ”उपाध्यायले भन्नुभयो ।

कार्यक्रममा वोल्दै फुङलिङ नगरपालिका ३ नं वडाका वडा अध्यक्ष टंक पालुङ्वाले विधार्थीहरुकालागि सुनौलो अवसर भएकाले उक्त विषयको प¥याप्त प्रचार प्रशार हनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सोहि विधालयका विधालय व्यास्थापन समिति अध्यक्ष राधाकृष्ण बरालले ताप्लेजुङ लगायत देशैभरी उच्च माग रहेको हाईड्रोपावरकालागी आवस्यक जनशक्ती उत्पादन गरि रोजगारउन्मुख गराउने उदेस्य रहेकाले शहभागी वनि लाभ लिन सवैलाई आग्रह गर्नूभयो ।

उक्त विषय अध्यन गर्न चाहाने विर्धार्थीले एस ई ई परिक्षामा मान्यता प्राप्त विधालयवाट न्युनतम गणित र विज्ञान विषयमा सी ग्रेड र अङ्ग्रेजीमा ई प्लस ल्याउनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!