हिमालयन शेर्पा सास्कृतिक केन्द्र ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सोमबार सदरमुकाम फुङलिङ बजारमा अवस्थित पत्रकार महासङ्घको हलमा सप्पन्न अधिवेशन बाट अध्यक्षमा मिङ्मा खाङ्डु (सर्मिला) शेर्पा सहित १५ सदस्यीय कार्य समिती चयन गरेको संघका निवर्तमान अध्यक्ष पेम्बा ओङ्दी शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्षमा टासी काल्साङ शेर्पा, सचिवमा तेन्जिङ शेर्पा , सह-सचिवमा शङ्कर शेर्पा , कोसाध्यक्षमा दिकु शेर्पा, सदस्यहरुमा फुर छोदेन शेर्पा , अन्जिला शेर्पा, मिङ्मा जाङमु शेर्पा , डोमा शेर्पा, उर्मिला शेर्पा, दावा ल्हामु शेर्पा, मिङमा दिदी शेर्पा , ङिम छिकी शेर्पा , प्रकाश शेर्पा, र ग्याल्जे शेर्पालाई समितिमा चयन गरेका छन।

अधिवेशन कार्यक्रममा नया कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुदै सङ्घका सङ्स्थापक अध्यक्ष मातृका शेर्पाले शेर्पा समुदायको मौलिक , सस्कृती , सस्कारको जगेर्ना तथा संरक्षण गर्नमा संघको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

यस्तै संघले बिगत लामो समय देखि नै शेर्पा समुदायक्क जातिय सह – अस्तित्व तथा पहिचानको निम्ति जगेर्ना तथा जन सचेतना मुलक रचनात्मक कार्य गर्दै आएको सङ्घका निवर्तमान अध्यक्ष पेम्बा ओङ्दि शेर्पाले कार्यक्रममा बताउनुभयो ।

कार्यक्रममा हिमालयन शेर्पा सास्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष पेम्बा ओङ्दी शेर्पा, सङ्स्थाप अध्यक्ष मातृका शेर्पा, शेर्पा संचारका सचिव तेन्जिङ शेर्पा, नेपाल शेर्पा बिद्यार्थी संघ ताप्लेजुङका अध्यक्ष ओङ्दी शेर्पा , शेर्पा समाज ताप्लेजुङका उपाध्यक्ष दा दोर्ची शेर्पा , नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका कोसाध्यक्ष मदन गौतम लगायतको उपस्तिथि थियो । कार्यक्रम सङ्घका सदस्य फुर्वा शेर्पाले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!