दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गर्नुपरेको स्पष्ट पारेका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले अहिलेको गठबन्धन कुनै आदर्श र सिद्धान्तका कारण नगरिएको बताए ।

नेता पौडेलले अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको र आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे । ‘पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ, यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ’, उनले भने, ‘यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन, ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।’

वरिष्ठ नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्नेमा जोड दिए । उनले भने,अ’न्तर्घाती कुनै न कुनै रुपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ ।’

पैसावालाहरुको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई थियो । ुयसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरामा बढ्दै जान्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!