
काठमाडौं, २३ माघ । सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।
वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरीसेमेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका नारायण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।
वडा अध्यक्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिकरण गरेको बताए ।
अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनर्मिलन गराएको हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो ? भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकारगर्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गरायौँ।’
उहाँले थप्नुभयो, ‘सिक्किमबाट र राहुलका बुवा नि आउनु भएको थियो, स्मिताका माइतकी अमा नि आउनु भएको थियो, उहाँले पनि मेरो ज्वाइनै हो ज्वाइ मान्न तयार हुनुभयो, मिलनपछि उहाँहरुको बच्चाको पनि मिजारिलो भयो।’
स्मिता भारतमा जन्मिएकी युवती हुन् । राहुलपनि नेपालमै जन्मिएका भएपनि भारतमा बस्दै आएका थिए । स्मिताले एक महिनाअघि नै घर छाडेर नारायणसँग भागेकी थिइन् । उनी सामाजिक संजालमा परीचय भएका नारायणसँग भागेकी थिइन् । एक महिनापछि काठमाडौंको एक होटलबाट नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा दुवैजनालाई लिइएको थियो । त्यसपछि प्रहरीले सोधपुछ गर्दा नारायणले आफूलाई इन्जिनियर भएको र आप्नो बाबु आमा पनि नभएको भन्दै सम्मानपूर्वक बोलेर आफूलाई फकाएको उसँग आफू आएको स्मिताले बताएकी थिइन् ।
३ बर्षको छोरीसमेत भएकी स्मिताले परपुरुषसँग भागेपछि तनावमा रहेका राहुलसँग बिवाहको प्रस्ताव गर्दै धेरै युवतीले प्रस्ताव समेत गरेको बताइएको थियो । तर शुक्रबार राहुल र स्मिताबीच नै पुनरमिलन भएको छ । उनीहरुबीच पुनर्मिलन भएपछि सोही वडामार्फत विवाह दर्ता गराइएको छ ।
राहुल र स्मिताको गत सोमबार जिल्ला अदालत गोरखामा सम्बन्ध विच्छेद भएको थियो । News 24