काठमाण्डाै – आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसमविद्ले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।

मौसमविद् सजिना शाक्यका अनुसार राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको उहाँले बताउनुभयो । भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।

मनसुन थप सक्रिय हुने भएकाले आज रातिदेखि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको हो । मनसुनी न्यून चापीय रेखा अहिले पश्चिमी भू–भागबाट उत्तरतिर सर्दै गरेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । Ujyalo

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!