३ असार, ताप्लेजुङ। वाढी पहिरोको जोखिमका कारण फक्ताङलुङ गाउपालिका वाड्नं ३ लिंखिमका विद्यालयहरु आइतवार देखि वन्द गर्ने निर्णय भएको छ । एक मावि र आठ आधारभुत गरी नौवटा विद्यालय रहेको यहाका बिद्यार्थीहरु स्कुल आउने वातावरण नभएकाले पालिका र वडाको निर्देशनमा वन्द गर्ने निर्णय भएको सिवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिए । गौतमका अनुसार आगामी १० वा १२ गतेदेखि बर्खे विदागर्ने तयारी थियो । विद्यार्थीहरु स्कुल आउने वाटो अवरुद्ध भएको र कतिपय ठाउ पहिरोको जोखिम भएकाले पालिका अध्यक्षसग समन्वय गरेर विदाको सहमती गरिएको वडाध्यक्ष आइतराम लिम्वूले जानकारी दिए । माविमा टाढा देखिका बिद्यार्थी आउछन, खोला, पुल तरेर आउनु पर्छ कतीपय जोखिममा छ त्यसैलेपनि निर्णय गर्न बाध्य भयौं लिम्वूले भने ।







