ताप्लेजुङ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखा कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ ।
कम्पनीले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङकी पदमकुमारी सेलिङको परिवारलाई दाबी वापतको रकम बुधबार हस्तान्तरण गरेको हो ।
बीमा दाबी वापतको ३ लाख ५० हजार रुपैयाँ उनको श्रीमान अमृत लिम्बूलाइ लाई फुङ्लिङ नगरपालिका मेयर अमिर मादेन र उप मेयर भिमादेबी ओझाद्वारा हस्तान्तरण गरेको ताप्लेजुङ शाखाका एजेन्सी मेनेजर सन्तोष भट्टराईले जानकारी दिनुभएकोछ । लिम्बुका छोराको २०७७ सालमा ३ लाख रुपैयाँ बीमांकको बीमा गरेका थिए । उक्त बिमामा छोराको संरक्षणमा आमा बसेकाले बीमा गरेको २ बर्षमा लिम्बुको श्रीमतीको मृत्यु भएको थियो ।
सिटिजन बाल भबिष्य जीवन बीमा योजना अन्तर्गत प्रस्तावकको मृत्यु भएमा मासिक आयलाभ देखि बीमालेख परिपक्व हुने मिति अवधि सम्मको बीमाङ्क रकमको १ प्रतिशतका दरले हुन आउने रकम अनुसार ३ हजारका दरले मासिक रुपमा बीमित बच्चाको खातामा रकम जम्मा हुने छ ।







