
२० माघ , ताप्लेजुङ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ सिनाममा मंगलवार करिब ३:४० बजेको समयमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ। शान्तिराम गिरीको घरबाट निस्केको आगोले वरिपरि रहेको टेकनाथ गिरि र दिपेन्द्र गिरीको घर समेत जलेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका निमित्त कार्यलय प्रमुख मोहन पोखरेलले जानकारी दिनुभएको छ। आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी र ससस्त्र प्रहरी खटिरहेको र आगो नियन्त्रणमा लिन प्रयास समेत भइ रहेको पोखरेलले जानकारी दिनुभयो। घटनाको थप विवरण भने आउन बाकी जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ।