३१ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर ११ मा माओवादी केन्द्रका युबराज भट्टराईको प्यानल नै निर्वाचित भएको हो ।

उनी निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मनित इजमलाई १०५ मत अन्तरले पछि पार्दै विजयी भए ।

स्वतन्त्र उम्मेदवार इजम ले २ सय ४९ मत ल्याउँदा माओवादी केन्द्रका भट्टराईले ३ सय ५७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ ।

यसैगरी महिला सदस्य बिनिता राइले ३५८, दलित महिला सदस्य कमला बिकले ३४७, खुला सदस्य लक्ष्मी बिष्टले ३७८ र नन्दकुमार इजमले ३३७ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!