३१ बैशाख, ताप्लेजुङ । फुङलिङ नगरपालिकामा २०० सय मत गणना सकिएको छ । फुङलिङ नगरपालिकाको वडा नं. ११ वाट मतगणना सुरु गरिएको हो । फावाखोलामा नेपाली काग्रेसका मेयर पदका उमेद्वार अम्बिर मादेनले १२६ मत ल्याएका छन् । नेकपा एमालेका उमेद्वार छत्रपति प्याकुरेलले ५० मत ल्याएका छन् । मादेन ७६ मतले अगाडी छन् । नेकपा माओवादी केन्द्रका उपमेयरका उमेद्वार बम वहादुर भटराईले १२३ मत ल्याएका छन् । एमालेका उपमेयरका उमेद्वार भिमादेवी ओझाले ५८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका वडाअध्यक्षमा उमेद्वार योगेश भटराईले ९० मत प्राप्त गरेका छन् । एमालेका वडाअध्यक्षका उमेद्वार सविन विष्टले ५५ मत ल्याएका छन् । वडाअध्यक्षका स्वतन्त्र उमेद्वार मनित इजमले ५१ मत ल्याएका छन् । नोटः दिउँसो १२ बजेसम्मको विवरण हो ।







