२५ बैसाख ताप्लेजुङ ।आगामी बैसाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि निर्वाचनको आचार संहिता उल्लङ्घन गर्दै प्रचारप्रसार गरेको पाइएको छ । नेकपा एमालेका प्रतिनिधि सभाका सांसद योगेस भट्टराईले शनिबार ताप्लेजुङको फुङ्लिङ नगर पालिका –३ को पालुङ्वा चोकमा सम्पन्न एमालेको आम सभामा वृद्धवृद्धालाई सम्मान भन्दै दोसल्ला ओडाएका थिए । यता नेपाली काङ्ग्रेस ताप्लेजुङले निर्वाचनको आचार संहिता उल्लङ्घन गर्दै हिडेको भन्दै सांसद योगेस भट्टराई, नगर प्रमुख पदका उमेद्धार छत्रपति प्याकुरेल, वाड अध्यक्ष उमेद्धार टंक पालुङ्वा विरुद्ध मुख्य निर्वाचक अधिकृतको कार्यलयमा मुद्धा दर्ता गराएको सचिव नन्दकुमार ओझाले जानकारी दिएका छन ।

यो भन्दा अगाडी प्रदेश सांसद तथा १ नं प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रताप प्रकास हाङगामविरुद्ध पनि मैवाखोला गाउँपालिकामा चुनाव प्रचारप्रसारको लागि सरकारी गाडीको प्रयोग गरेको भन्दै नेकपा एमाले ताप्लेजुङले मुद्धा दर्ता गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!