नेपाली काग्रेसका फुङलिङ नगरपालिकाको मेयर पदका उमेद्वार अमिर मादेनले आज चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । पत्रकार महासँघमा आयोजित पत्रकार सम्मेलनमार्फत मादेनले १५ वटा बिषयमा केन्द्रित रहेर घोषणा पत्र सार्वजनिक गरेका हुन् । आर्थिक रुपमा विपन्न परिवार तथा गरिब एवंम जेहेन्दार विद्यार्थीलाई एमविविएस अर्थात डाक्टर पढाउने, ११ वटै वडामा वर्षेनी एक÷एक जनालाई भेटनेरी,कृषि,हाइड्रोपावर इन्जिनियरिङजस्ता विषय पढाउने घोषणा पत्रमा प्रतिज्ञा गरेका छन् । सुत्केरीलाई पोषणका लागि एकमुष्ट ५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकीमा जानुपरेमा सुत्केरी,जेष्ठ नागरिक,फरक क्षमता भएका र न्यून आयश्रोत भएका परिवारलाई निुशल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख गरेका छन् ।

पाथीभरामा ५ वर्षमा तेब्बर तिर्थयात्री तथा पर्यटक भित्र्याउन देश विदेशमा प्रचार तथा होटल र यातायात लगायत पूर्वाधारको विकास र व्यवस्थापन गर्ने जनाएका छन् । सिद्धिडाँडास्थित चन्डेश्वर धाममा पोखरी विस्तार तथा शिवको मुर्ती स्थापना, गुन्द्रे डाँडामा बुद्धको मूर्ती स्थापना तथा पार्क निर्माण र तोक्मेडाँडा देखि सुकेटारसम्म पैदल मार्ग निर्माण गरि पर्यटक अड्याउने कार्यक्रम घोषणा पत्रमा समावेश गरेका छन् । ११ वटा वडा केन्द्र जाने सडक स्तरोन्नती गरेर बाह्रै महिना गाडी गुड्न सम्भव बनाउने,फुसको छानो विस्थापित कार्यक्रम र स्वच्छ खानेपानीको व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् ।

करको दायरा बढाउने तर करको दर घटाउने कार्यक्रम लागू गर्ने उल्लेख गरिएको छ । ताप्लेजुङमै कर सेवा कार्यालय स्थापनाका लागि प्रदेश तथा सँघ सरकारसँग जिल्लाका सांसद तथा जनप्रतिनिधिको समन्वयमा जोड दिने भएका छन ।

भुमि आयोगबाट भुमिहीनलाई उपलब्ध गराएको जमिनमा आवास निर्माण गर्ने योजना ल्याएका छन् । नगरको सूचना नागरिकलाई कार्यक्रम स्थानिय संञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गरेर जनप्रतिनिधी तथा कर्मचारीलाई जवाफदेहि बनाउने योजना ल्याएका छन् । सुकेटार र काफेलेपाटी लगायत सुरक्षा व्यवस्था भएको ठाउँमा पर्यटकको मागलाई ध्यानमा राख्दै बैङसँग समन्वय गरि एटिम सुविधा उपलब्ध गराउने भएका छन् । विकास निर्माणका योजना संञ्चालनमा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकता दिइएको छ । परम्परागत कृषि खेतीको साटो आधुनिक प्रविधिको प्रयोगबाट खेती गरेर कृषकको आम्दानीमा परिवर्तन ल्याउन र सहुलियत ऋिण तथा अनुदानको कार्यक्रम लागू गर्ने भएका छन् । पुरुष र महिलाबिच समान काम,समान ज्यालाको व्यवहारिक कार्यान्वयन गर्न अभियान नै संञ्चालन गर्ने कार्यक्रम ल्याएका छन् ।
नगरपालिका क्षेत्रसँग जोडिएको भु भागमा निर्माणाधिन जलविद्युत परियोजनासँग समन्वय गरि सोसियल कर्पोरेट रेस्पोन्सविलिटी लागू गर्न सहकार्य गर्ने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!