आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार बिरुद्ध बिद्रोही (वागी) उम्मेदवारी दिएको भन्दै नेपाली काँग्रेस ताप्लेजुङको अनुसासन समितिले एक महाधिबेशन प्रतिनिधि सहित २२ जनालाइ साधारण सदस्य समेत नरहने गरी ५ बर्षका लागि निष्काशित गरेको छ ।

अनुसासन समितिका अनुसार निष्काशित पर्नेमा महाधिबेशन प्रतिनिधि टिकेन्द्र नेपाली सहित २२ जना रहनु भएको छ । निष्काशनमा पर्नेमा आमन्त्रित जिल्ला सदस्य, क्षेत्रीय प्रतिनिधि, नगर सहसचिव, वडासभापति, काँग्रेसकोतर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष समेत रहनु भएको काँग्रेसले जनाएको छ । जिल्ला अनुशासन समिति संयोजक एवम् काँग्रेस जिल्ला सचिव नन्दकुमार ओझाद्धारा हस्ताक्षरित पत्रानुसार केन्द्रीय निर्देशन, काँग्रेसको बिधि बिधान,नियमावली र निर्णयको उल्लंघन गरेको भन्दै काँग्रेसको बिधान २०१७ को धारा ३४(४) को ‘क’ बमोजिम आ–आफ्नो जिम्मेवारी पद र काँग्रेसको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको हो । ओझाका अनुसार ९ जनाले वडाध्यक्ष र १३ जनाले वडासदस्यमा बागी उमेद्वारी दिएकाले पार्टीबाट निस्कासित गरिएको हो ।

अध्यक्षका लागि बागी उमेद्वार दिइ पार्टीबाट निष्कासित हुनेमा आमन्त्रित जिल्ला सदस्य तथा निर्वाचित वडाअध्यक्ष चन्द्रमान खोयाहाङ, वडाअध्यक्ष दत्तबहादुर लिम्बू, क्रियाशिल सदस्यत्रय बुद्धिप्रसाद दाहाल, बुद्धबिर तामाङ, रत्नबहादुर कडरिया रहनु भएको छ । त्यस्तै क्षेत्रिय प्रतिनिधिद्वय हस्तबहादुर कटुवाल र तेजबहादुर लिम्बूलाई समेत निस्कासन गरिएको पार्टीले जनाएको छ । यस्तै फावाखोलाका वडासभापति मनित ईजम र महाधिवेशन प्रतिनिधि नेपालीले वडाध्यक्षका लागि बागी उमेद्वारी दिएकाले निस्कासन गरिएको जनाइएको छ । वडासदस्यमा उमेद्वारी दिनुभएका जुनिता सामसोहाङ, गुधन राई, रामकुमार लिम्बू, राजेन्द्र सेनेहाङ, शमनिन्द दाहाल, प्रमिका लिम्बू र जगत प्रसाद साम्यु समेत निष्कासन हुनु भएको छ । यस्तै ओमादेवी शार्की, धुर्वराज भट्टराई, देवेन्द्र भट्टराई, कमला विष्ट, मिरा वि.क. र रामकुमारलाई समते बागी उमेद्वार दिएकाले निष्कान भएको बताइएको छ ।
पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङले पार्टी निर्देशन र बिधान बिपरित जाने उपर पार्टी कारवाही हुने प्रणालीलाइ पार्टीले बिधिवद्ध गरी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!