११ बैशाख, ताप्लेजुङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले फुङ्लिङ नगरपालिका वडा नं ३ मा फेरी पनि युबराज बराललाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका बराललाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो ।
२०७४ सालको निर्वाचनमा युवाको उमेर हिसाबले ताप्लेजुङकै युवा जमातको ढुक्कढुकी वडाअध्यक्षमा निर्वाचित भएका बराललाई वडामा राम्रो काम गरेको भन्दै फेरी पनि पार्टीले टिकट दिएको हो ।
५ वर्षको अबद्यिमा वडा नं ३ मा शिक्षा,स्वास्थ्य,खानेपानी,सडक जस्ता विकासको काममा निकै परिवर्तन आएको महसुस नागरीकले गरेका छन । साथै अधुरो कामलाई पूरा गरि नयाँ योजना र रणनीतिका साथमा अगि बढ्ने बरालले बताउनु भयो।
कुनै पनि हालतमा पुन: युबराज बरालले वडाअध्यक्षको टिकट पाउनुपर्ने कुरा नागरीकस्तरबाट आउने गरेको थियो । नागरीकले रुचाएको र जनमत पनि धेरै भएको हिसाबले बराललाई पुन वडाअध्यक्षको उम्मेदवार बनाइएको नेपाली कांगेसका सभापति गजेन्द्र तुम्यहाङले बताउनुभयो ।
पुन: वडाअध्यक्षको उम्मेदवार बन्नुभएका बरालले फु. न. पा.-३ को विकासमा आफु पहिलादेखी नै रात दिन नभनी लागी परेको बताउनुभयो । ५ वर्षको कार्यकालमा धेरै काम भएको भन्दै उहाँले अबको निर्वाचनमा पनि भारी मतले जित्ने र बाँकी रहेका कामहरुलाई प्रमुख प्राथमिकतामा राखेर अघि बड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







