ताप्लेजुङमा एकवर्ष अघि सगोत्री बहिनी मन्दिरा अधिकारीको हत्या गर्ने दाजु रमेश अधिकारीलाई जन्मकैदको सजाय सुनाइएको छ । उक्त घटनासम्बन्धी मुद्दामा ताप्लेजुङ जिल्ला अदालतले आइतबार फैसला गर्दै रमेशलाई जरिवानासहित जन्मकैदको सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीस प्रकाश राउतको इजलासले जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–२ फुलबारीकी १९ वर्षीया मन्दिराको हत्या प्रकरणको मुद्दामा दोषी ठहर गर्दै सोही गाउँपालिका–३ हाङ्पाङका २८ वर्षीय रमेशलाई जन्मकैदको फैसला सुनाएको हो ।

पीडित परिवारलाई तीन लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्नेसमेत जिल्ला अदालतले फैसला गरेको छ । रमेशबाट हाडनाता करणीपछि मन्दिराको हत्या गरेको भनी दावी गरिएको मुद्दामा हत्या भएको ठहरिएको र हाडनाता करणी भने नठहरिएको जिल्ला अदालत स्रोतले जनाएको छ ।

सुरुमा घटना भएकोबखत एउटै गोत्रमा हाडनाताका दाजु–बहिनीबीच प्रेमसम्बन्ध रहेको प्रशङ्ग उठेको थियो । मन्दिरा हत्या प्रकरण घटना २०७६ साल मङ्सिर महिनामा भएको थियो ।

करिव एक वर्ष दुई महिनापछि अदालतबाट दोषी ठहरिएका रमेश मन्दिराकै घरमा डेरा बसेर फुलबारीस्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा निमावि तहअन्तर्गत करार दरबन्दीमा शिक्षण पेशामा आवद्ध रहेका रहेका थिए ।

त्यसबेला तीन वर्ष अघिदेखि डेरा बस्दै आएका रमेश र नाताले बहिनी पर्ने मन्दिराबीच प्रेमसम्बन्ध बसेको थियो । मन्दिरा भने कक्षा १२ मा अध्ययरत रहेकी थिइन् ।

दाजु बहिनीबीचको प्रेम सम्बन्धबारे खुलासा हुने भएपछि रमेशले षड्यन्त्र गरी मन्दिराको हत्या गरेका थिए । त्यसबेला रमेशले घटना स्वीकार गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

घटनाबारे प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २०७६ साल मङ्सिर १७ गते घरबाट एकाएक बेपत्ता बनेकी मन्दिरालाई सोही दिन फुलबारी पुछार नाङ्खोल्याङको सेसम्बु जोड्ने खड्कुडे झोलुङ्गे पुल नजिक हत्या गरेर तमोर नदीमा सव फालेको भनी रमेशले प्रहरीसमक्ष बयान दिएका थिए ।

तत्कालीन ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले मन्दिरा बेपत्ता भएको २६ दिनपछि २०७६ साल पुस १३ रमेशलाई पक्राउ गरी घटनाबारे सार्वजनिक गरेका छन् ।

मन्दिराको आफैंले हत्या गरेको रमेशले स्वीकारेपछि घटनास्थलबाट बरामद मन्दिराले लगाएको हवाई चप्पल, आउटर, कानमा लगाउने टप, केश चिम्टी लगायतका सामग्रीसमेत प्रहरीले सार्वजनिक गरेको थियो ।

तीन वर्षसम्म दाजु बहिनीबीच अस्वाभाविक प्रेम सम्बन्ध चलेको र बैबाहिक सम्बन्ध भने असम्भव भएपछि उक्त घटना हुन गएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय