११ बैशाख, ताप्लेजुङ। मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घुस रकम सहित पक्राउ परेकी छन ।
सेवाग्राहीवाट लिएको १ लाख ५० हजार रकम सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौं टङ्गालको टोलिले नगद लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४ कोप्चको एक घरवाटबाट पक्राउ गरेको आयोगका प्रवत्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
वावुको नामको जग्गा दाखेल खारेज गरी नया लगत दर्ता सहित छोराका नाममा पास गरिदिए वापत रकम लेनदेन गरेको आरोप पनेरु माथी छ । २०७७ सालको साउन महिन देखि नै सेवाग्राहीसँग मोलमोलाई गरेको अख्तियारले जनाएको छ । आवश्यकताका आधारमा छानविनका क्रममा कार्यालयका कर्मचारीलाई समेत अनुसन्धान गर्न सक्ने अख्तियारले जनाएको छ । सेवाग्राहीले काठमाडौस्थित कार्यालयमा उजुरी दिएको आधारमा अख्तियार टोली ताप्लेजुङ आएको थियो । पनेरु प्रवल जनसेवा श्री चतुर्थवाट यसै वर्षमात्र उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत बनेकी थिइन ।etaplejung.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!