माघ १९ काठमाडौँ । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्ड बिरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता समीर हायुले प्रचण्डलाई अदालतको अवहेलना मुद्धामा रिट दायर गरेका हुन् ।
निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ ।
प्रचण्डले सर्वोच्च अदालतले जनताको भावना र संविधानको रक्षाका लागि संसद पुनस्थापना गर्ने विस्वास रहेको बताउदै आएका छन् । उनले सर्वोच्च अदालत भन्दा पनि ठूलो जनताको अदालत हुने बताउदै आएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढु‌ंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय