ताप्लेजुङ — वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोल निवासी मुकेश भट्टराईको चट्याङ लागेर मृत्यु भएको भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीका अनुसार शनिबार बेलुका साढे ८ बजेतिर सोही स्थानका रनबहादुर चौहानको दूध डेरीको अगाडि बसिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो ।

स्थानीयले तत्काल बोकेर तेल्लोक प्राथमिक उपचार केन्द्र पुर्‍याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको अधिकारीले बताए । २३ वर्षीय भट्टराई गाउँपालिकाको राम्रो चट्याङले लागेर ताप्लेजुङको हुन् । पालिकास्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उनको निधनले जिल्लाको भलिबलमा नराम्ररी क्षति पुगेको जिल्ला भलिबल संघले जनाएको छ ।
Epathivara.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!