१४ चैत्र, ताप्लेजु। ताप्लेजुङ रनका धावक दिवस लिम्बू भोजपुर ट्रायल रेसमा प्रथम भएका छन् ।
भोजपुर रन भोजपुरद्वारा आयोजित १० किलोमिटर दौड प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका ३ का लिम्बू प्रथम भएका हुन् ।
यस्तै ५० किलोमिटर दौडमा ताप्लेजुङ रनकै धावक रमेश तावा चौथो भएका छन् । तावा पनि फक्ताङलुङ गाउँपालिकाकै हुन् ।
१० किलोमिटरमा प्रथम भएका लिम्बू र ५० किलोमिटरमा चौथो भएका तावा दुवै जनाले नगद १०–१० हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन ।







