आजको पञ्चाङ्ग
वि. सं. : २०७८ चैत ६ गते आइतबार

इ.सं. : 20th March 2022 (Sunday)

सूर्योदय: विहान 06:10 बजे

सूर्यास्त: बेलुका 18:14 बजे

तिथि : द्वितीया 11:33 सम्म, तत्पश्चात् तृतीया

पक्ष : चैत्र कृष्णपक्ष

नक्षत्र : चित्रा 24:20 सम्म, तत्पश्चात् स्वाति

योग : ध्रुव 18:47 सम्म, तत्पश्चात् व्याघात

करण : गर 10:24 सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: कन्या 12:42 सम्म, तत्पश्चात् तुला

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय शुभ छ । आम्दानी हुने देखिन्छ। गरेको लगानी उठ्ने योग रहेको छ। शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्र सामान्य रहे पनि राजनीतिक क्षेत्रमा धेरै साथीले हौसला प्रदान गर्नेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज दिन राम्रो नै भन्नुपर्छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। शरीरमा स्फूर्ती बढ्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा गर्नुहोला। पुराना साथीभाइसँग भेट हुनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज दिन राम्रो छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। आज तपाईंले शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। पठनपाठनमा जोश बढ्नेछ। काममा सन्तुष्टि मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज दिन सामान्य राम्रो छ। साथीभाइ नकारात्मक भएकाले आर्थिक कारोबार नगर्नुहोला। पठनपाठन भन्दा मनोरञ्जनमा ध्यान जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले प्रतिफल दिनेछ। लगानीका लागि आँट भने गर्नुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आजको दिन सामान्य छ। पैसा आर्जन गर्ने बाटा प्रशस्त छन्। पठनपाठनमा जोश बढ्नेछ। विद्याको क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा आज धेरै साथीहरुको प्रेरणा मिल्ने योग रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि दिन निकै राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। बोल्नुपर्ने ठाउँमा आफै अगाडि सरेर बोल्नुहोला। प्रतिस्पर्धी सक्रिय रहेकाले बढी तर्क भने नगर्नुहोला। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज दिन सामान्य छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। गरेको श्रमले फाइदा हुनेछ। पठनपाठनमा जागर बढ्नेछ। परीक्षामा जुट्नु भएको भए आजको लेखाई राम्रो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज दिन सामान्य राम्रो छ। दिन सामान्य भए पनि विद्याको क्षेत्रमा प्रगति हुनेछ। कुनै परीक्षाको नतिजा आउने समय भएको भए राम्रो हुनेछ। अध्ययनमा रुची बढ्नेछ। अन्य क्षेत्र सामान्य रहे पनि वैदेशिक क्षेत्रको लगानीले फाइदा दिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज दिन राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। सभा, सम्मेलन र गोष्ठीमा तपाईंको प्रशंसा हुन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज दिन राम्रो छ। व्यापार व्यावसायमा फाइदा हुनेछ। वैदेशीक क्षेत्रको लागानीले उल्लेखनीय नतिजा दिनेछ। साथीसंगको भेटघाट रमाइलो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज दिन राम्रो छैन। वादविवाद हुने देखिन्छ। यात्रा गर्दा सचेत हुनुहोला। आफन्तसँग जोगिएर व्यवहार गर्नुहोला। अन्य क्षेत्र खराब भए पनि वैदेशिक क्षेत्रको लगानी उठ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा राम्रो देखिन्छ। अध्ययनमा जागर बढ्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारमा सुमधुर सम्बन्ध रहने छ। प्रतिस्पर्धी धेरै भएकाले सतर्क भएर व्यवहार गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!