४ चैत, विराटनगर । उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकास हाङ्गामले सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न मन्त्रालय माताहतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । बिहिबार घरेलु तथा साना उद्योग कार्यालय मोरङको निरीक्षणका क्रममा उहाँले सेवाग्राहिलाई कतिपनि ढिला नहुने गरि उनिहरुको काम गर्न यहाँका कर्मचारीलाई सुझाब दिनुभयो ।
छिटो छरितो र सहज रुपमा सेवाग्राहिले सेवा लिने बातावरणका लागि कर्मचारी क्रियाशिल हुनुपर्नेमा उहाँको जोड छ । सुशासन प्रर्वद्धन सरकारको प्राथमिकतामा परेकाले सोहि अनुसार अघि बढ्न उहाँले आग्रह गर्नुभयो । मन्त्रालय माताहतका कार्यालय र कर्मचारीलाई कुनै पनि कारणले काम गर्न असहज र ढिला भए व्यवहारिक वा नीतिगत रुपले सहजता सृजना गर्न आफु तयार भएको उहाँको भनाई थियो ।
यस्तै सर्वसाधरण नागरिकको हित हुने गरि साना उद्योग स्थापना र व्यवसायिक सञ्चालनमा सबैको आकर्षण बढाउनुपर्ने तर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो ।







