१ चैत, ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा अनियमितताको दुर्गन्ध बाहिरिएको छ । यही विषयमा भएको छलफलपछि आफुहरु असुरक्षित भएको भन्दै केही डाक्टरले आज सेवा प्रवाह समेत नगरेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलका अनुसार अस्पतालको विषयमा छलफल गर्न भोलि दिउसो २ वजे अस्पतालमै बैठक बोलाइएको छ । डाक्टरहरुले आफुहरु असुरक्षीत भएको भनेपछि आफुले सुरक्षाको जिम्मा लिएको र प्रहरीको टोलि अस्पतालमा परिचालन गरेको पोख्रेलले वताउनु भयो । तर के कारणले किन असुरक्षित भन्ने विषयमा प्रशासन मौन रहेको छ । यद्यपी सशस्त्र प्रहरीको टोलि गाडी सहित अस्पताल परिसरमा राखिएको छ । ‘सबै कुरा भोलिनै छलफल हुन्छ, पत्रकारहरु पनि आइदिनुहोस’ पोख्रेलले भन्नु भयो । अस्पतालमा विमा गरिएका बिरामीहरुको प्रेस्किप्सनमा लेखिएभन्दा बढी औषधि थप गरिएको र त्यसै विषयमा विवाद भएको जनाइएको छ यो वदमासिमा ककस्को कस्तो संलग्नता छ भन्ने यकिन हुन बाकि रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले वताउनु भयो । यो विषयमा जे भएको हो त्यो सार्वजनिक हुने र सोही अनुसारको कारवाही गरिनेमा ढुक्क हुन उहाले आग्रह गर्नुभयो । उता अस्पतालमा भने अस्पताल प्रमुख सोनिङ लामा लगायतले मात्रै सेवा प्रवाह गरेका छन । डाक्टर लामा र प्रमुख जिल्ला अधिकारी विच प्रशासन कार्यालयमा छलफल भएको थियो । केही डाक्टरले असुरक्षाको कारण जनादै जिल्ला छोड्ने मनस्थिति बनाएपनि प्रशासनले सुरक्षा दिन्छौं भन्दै रोकेको पनि प्रशासन श्रोतले जनाएको छ । रेडियो ताप्लेजुङ

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!