फुङलिङमा रहेकाे कोप्चे बजारमा लागेकाे आगलागीमा परि एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् ।

आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानकाे घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएकाे हाे । घाइते १६ वर्षीया रविना लिम्बुकाे भने उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट स‌ङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानकाे घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएकाे प्रजिअ पोखरेलले बताउनु भयाे । कोप्चे बजारमा बिहान ८ बजेदेखि आगलागी भएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!