२५ फाल्गुन, ताप्लेजुङ ।जिल्ला प्याब्सन ताप्लेजुङले आयोजना गरेको एक दिवसीय गणित शिक्षण तालिम बुधबार सम्पन्न भएको छ ।

जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलले तालिमको आयोजना गरेर बेदान्त पब्लिकेसन्सले साह्रै ठुलो योगदान पुर्याएको चर्चा गर्नुहुँदैं लाखौं खर्चमा मात्रा गर्न सकिने यस्तो उपयोगी तालिम नि:शुल्क आयोजना गरेर यो बिषम परिस्थितिमा शिक्षक -शिक्षिकाहरुलाई ठूलो राहात पुगेको बताउनु भयो।

कोरोना भाइरसका महामारीका बखत संकटको यस दुखद घडीमा विषयगत शिक्षण गर्न गणित विषयलाई प्रविधिबाट सिकाउन केही कठिन हुने गुनासो आएपछि उक्त गुनासोको सम्बोधन गर्न कार्यशालाको आयोजना गरेको जनाउनु हुँदैं यो तालिमले गणित बिषय पढाउनका लागि शिक्षक-शिक्षिकाहरुलाई अत्यन्तै सरल र सहज बनाएको छ। Basic ICT Skills for effective integration of ICT in Mathematics Classroom बिषयमा दिइएको उक्त तालिमबाट निजि विद्यालयका ३० जना गणित विषयका शिक्षक लाभान्वित भएको कुरा ताप्लेजुङ प्याब्सनका अध्यक्ष सिग्देलले बताउनु हुँदैं संस्थाले आगामी दिनमा अवस्था र मागलाई हेरेर अन्य विषयमा पनि तालिम दिन तयार रहेको प्रष्ट्याउँदैं शिक्षक शिक्षिकाहरुलाई जानकारी दिन आव्हान समेत गर्नु भयो ।

कार्यक्रममा स्रोत तथा ट्रेनरको भुमिका बेदान्त पब्लिकेसनका गणित बिषयका पुस्तक लेखक हुकुम प्रसाद दाहालले गर्नु भएको थियो भने सो पब्लिकेसन्सका मार्केटिङ डिरेक्टर मनोज रेग्मी र प्रतिनिधि मिलन चापागाईंको उपस्थितिमा तालीम सम्म्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!