२१ फाल्गुण, ताप्लेजुङ । ताप्लेजुङस्थित तमोर नदीमा लगाएको काठको फड्के (कच्ची काठेपुल) तर्नेक्रममा खसेर एक युवकको ज्यान गएको छ । ज्यान जोनमा फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्कीको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार बिहीबार साँझ फड्के साँघुबाट खसेर कार्कीको निधन भएको हो ।

छिमेकीको खेत जोतेर साँझ कामबाट घर फर्कने क्रममा फड्केबाट खसेको स्थानीको भनाई छ । उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान स्थानीयले फड्के रहेको ठाउँभन्दा केही तल कार्कीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि प्रहरी टोली पुगेर घटनाको मुचुल्का उठाएको थियो ।

यता कार्कीको शव शुक्रबार नै जिल्ला अस्पताल पु¥याएर पोष्टमार्टम गरी साँझतिर आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खेजेनिम र फक्ताङ्लुङ गाउँपालिकाकै वडा–३ लिङ्खिम जोड्नेगरी स्थानीयले तमोर नदीमा फड्के लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!