प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामले निर्माणका क्रममा रहेको उत्तर दक्षीण ओलाङ्चुङगोला लोकमार्गको निर्माण कार्य तिब्र रुपमा अघि बढाउन संघीय सरकार सग समन्वय गर्नु भएको छ । लोकमार्ग अन्तर्गत लेलेपको सुकेपानी ओलाङचुङगोला खण्डको निर्माण रुख कटान लगाएतका कारण रोकिएकाले आबस्यक कानुनी र प्राबिधिक प्रक्रिया अघि बढाई निर्माण कार्य नियमित गर्ने बाताबरण बनाई दिन संघिय सरकार सग आग्रह गर्नु भयो ।

गृह जिल्लाको भर्मण लगत्तै काठमाडौ पुग्नु भएका मन्त्री हाङगामले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर लोकमार्ग निर्माण लगायत जिल्लाको बिकास निर्माणका सन्धर्भमा छ्लफल गर्नु भएको छ । यस्तै ताप्लेजुङको बहानन्दे दोभान सडकलाई कालोपत्रे गर्न आबस्यक बजेट बिनियोजनका लागि समेत संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यता टेलीफोन सेवा बाट बन्चित जिल्लाका दुर्गम पापुङ र लेलेपमा टेलिकमको टावर निर्माण साथै नेपाल टेलिकमको फाईबर सहितको ईन्टरनेट सेवा सदरमुकाम सम्म पुर्याउने कार्य का लागि समेत संचार मन्त्री ग्यानेन्द्र बहादुर कार्की सग छलफल गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!