तरुण भारती
६ फाल्गुन, ताप्लेजुङ । आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

निर्वाचन कार्यालय ताप्लेजुङद्वारा आज सदरमुकाम फुङ्लिङमा छैटौँ निर्वाचन दिवसको सन्दर्भमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तर्कृया कार्यक्रमका सहभागीले सो धारणा राखेका हुन् ।
निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा `सबै, सधैँ र सँगै’ प्रमुख नारा तय गरेको छ । निर्वाचन आचारसंहितामा कडाइ गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नुपर्नेमा सहभागीले जोड दिए ।

मतदान केन्द्रका अधिकृतबाट कुनै लापर्बाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनुपर्ने, मतपत्र गन्ती गर्दा ध्यान दिनुपर्ने भन्दै सहभागीले मतदानका लागि मतदातालाई सहज गरिदिनुपर्नेलगायत धारणा राखे ।

यता समन्वय प्रमुख धनेन्द्र मादेनले भगवान भरोसामा चलेको देश निर्वाचन हुने नहुने टुङ्गो समेत नभएको बताए।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित तुल्याउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक भएको बताए ।

निर्वाचन कार्यालय ताप्लेजुङ प्रमुख सकुन्तला राइले ताप्लेजुङमा ९० हजारको हाराहारीमा मतदाता रहेको उल्लेख गर्दै मतदाता शिक्षालाई प्रभाकारी ढङ्गले सञ्चालन गरिने बताकि छिन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!