आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिदिम शाखाले मृत्युदाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
हिलिहाङ गाउपालिका -४ पाचथर निवासी स्व. श्री प्रसाद सिगुको धर्मपत्नी भिमकला सिगुलाई २० लाख ५२ हजार रुपैयाको चेक ताप्लेजुङ / फिदिम शाखाका इन्चार्ज ङिमा शेर्पा र फिदिम शाखा प्रमुख श्री प्रसाद तुम्बापोद्वारा संयुक्त रुपमा हस्तान्तरण गरेको ताप्लेजुङ / फिदिम शाखाका इन्चार्ज ङिमा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार स्व. सिगुले एजेन्सी मेनेजर सङ्गिता लिम्बु मार्फत १ वर्स अगाडि २० लाख रुपैयाँ बिमाङक रकम बराबरको बिमा गरेको र २०७८ साल जेठ १३ गते कोरोनाको कारण उपचारको क्रममा झापाको बिएन्सि अस्पतालमा निधन भएको थियो ।
हिलिहाङ गाउपालिका – ४ नम्बर वडाका अध्यक्ष समेत रहनुभएका स्व . सिगुको धर्मपत्निले शुक्रबार सोहि रकमको चेक ग्रहण गर्दै आफ्नो श्रीमान नरहे पनि उहाबाट आएको दाबी भुक्तानिको रकमले परिवारलाई थप सहयोग हुने बताउनुहुदै कम्पनिलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।
कम्पनीको सुरुङ्गा शाखा प्रमुख सुशील सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शाखा प्रमुख श्री प्रसाद तुम्बापोले गरेका थिए ।
कम्पनिका सिनियर एजेन्सी मेनेजर पेम्बा लामा शेर्पा, एजेन्सी मेनेजर सङ्गिता लिम्बू लगायत एजेन्सी मेनेजरहरुको उपस्थितमा संचालित कार्यक्रममा प्रमुख अतिथी सुवेदीले बिमाको महत्व दर्साउदै बिमा मानव जीवनको अपरिहार्य भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!