काठमाण्डौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्व अध्यक्ष जबराले यस्तो बताएका हुन् । उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए । जबराले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताए ।

पूर्व अध्यक्ष जबराले भने, ‘यो अनपेक्षित घटना हो । उहाँका धेरै गुनासा सार्वजनिक भइसकेका थिए तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । उहाँ पार्टीमा पुनः फर्किनु हुन्छ भन्ने आशा छ ।’

पूर्व अध्यक्ष जबराले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!