१४ माघ ,ताप्लेजुङ ।

कोरोना संक्रमणका कारण ताप्लेजुङका एक नेपालीको  बेलायतमा मृत्यु भएको छ । ताप्लेजुङ  सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा बस्दै आएका भूपू गोर्खा सैनिक प्रा.डा.चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

कोरोना संक्रमण भइ उपचारकै क्रममा मस्तिष्काघात भएकपछि उनको मृत्यु भएको हो । कोरोना संक्रमण भई यही माघ ५ गते अस्पताल भर्ना भएका लक्सम्बा पछिल्लो समय बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका थिए । उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत गएका थिए ।

डाक्टर लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियूको सभापतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय