८ माघ, ताप्लेजुङ । सानिमा बैंकको ताप्लेजुङ शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै जेहेन्दार तथा बिपन्न वर्गका २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
छात्रवृत्ति छनोट विधिबाट फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवाका बिसु कालिकोटे र फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुकी सीता निरौलालाई जनही पचास हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने बैंकका शाखा प्रबन्धक बिनोद ओझाले जानकारी दिनुभएको छ ।
बैंकले फुङ्लिङ नगरपालिकाका स्थायी बासिन्दा मध्येबाट २०७७ सालको एसईई परीक्षा उत्तीर्ण गर्ने गरिब/बिपन्न परिवारका सन्तानका लागि आवेदन गर्न गत भदौमा सूचना जारी गरि आवेदन माग गरिएको थियो । आवेदनमा ६ जना विद्यार्थीले निवेदन दिएको बैंकले जानकारी दिएको छ ।









