६ माघ, ताप्लेजुङ । प्रेस चौतारी ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङ्वा सहितको ११ सदसिय कार्यसमिति सर्वसहमत चयन भएको छ ।
आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको प्रेस चौतारीको ५ औ जिल्ला अधिवेशनले पालुङ्वाको अध्यक्षतामा उपाध्यक्ष द्धय अमृता थलङ,मदन गौतम,शचिव तेन्जिङ पाङ्कर्मा,सहशचिव द्धय गंगा लिङ्खिम र जितेन चेम्जोङ तथा कोषाध्यक्षमा संगिता कार्की रहेकोे जिल्ला कार्यमिति चयन गरेको हो ।
सिमितिको सदस्य हरुमा नविन लाम्गादे, किरण गदाईली , लाक्पा शेर्पा , जुनिता ओझा , सुनिता रसाईली र मिन्छामा लिम्बु रहनुभएको छ ।साथै प्रदेश प्रतिनिधी तर्फ केशव आचार्य र रविना राई (बर्षा ) लाई चयन गरिएको छ भने केन्द«य पतिनिधी तर्फ सुवास आचार्य र सहारा लंवालाई चयन गरिएको हो ।
नयाँ कार्य समितिलाइ पे्रस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीले बधाइ ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पे्रस चौतारी नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य शान्ता आङ्बुहाङ,पे्रस चौतारी नेपालका प्रदेश कमिटी सदस्य मनमणि काफ्ले लगायतको उपस्थिति रहेको थियो ।







