२४ पौष, ताप्लेजुङ ।

निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सनको ३१ औं स्थापना दिवस आज पौष २४ गते देशभर बिबिध कार्यक्रम गरि मनाइदै छ।

यता ताप्लेजुङमा पनि शुभकामना आदानप्रदानका साथ ३१ वटा दीप प्रज्वलन गरि मनाइने तयारी गरिएको जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलले जानकारी दिनुभएको छ।

ताप्लेजुङ उद्योग बाणिज्य संघको सभा हलमा गरिने कार्यक्रमको समय भने दिनको १ बजे राखिएको छ।

कोभिड -१९ को कारण गत साल पनि स्थापना दिवस मनाइएको थिएन। यस पटक पनि कोभिडकै कारण सदा झै कार्यक्रम नराखिएको सिग्देलले जानकारी दिनु भएको छ।

कार्यक्रममा सरकारी तथा विभिन्न गैर सरकारी संस्थाका प्रमुख, प्याब्सनका पुर्व केन्द्रिय सदस्यहरु काजीमान पालुङ्वा, युवराज गिरी, प्याब्सन सह- कोषाध्यक्ष दिनेश प्रर्साईं, प्याब्सन ताप्लेजुङका पुर्व अध्यक्षहरु इन्द्रकुमार गुरुङ, दिनेश भट्टराई, विभिन्न निजि बिधालयका सस्थापक तथा प्रीन्सिपल पत्रकार साथै शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहने सिग्देलले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!