४ पुस, ताप्लेजुङ । सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न ताप्लेजुङमा साताव्यापी कार्यक्रम आइतबारबाट सुरु भएको छ । आइबार समुद्घाटन कार्यक्रम गरि जिल्लामा ट्राफिक सप्ताह सुरु गरिएको हो । आईतबार सदरमुकाम फुङ्लिङ बजारको तोक्मे बजारदेखि बिरेन्द्र चौकसम्म र्याली गरीएको थियो । सदरमुकाम फुङ्लिङको तोक्मेमा पुगी ट्राफिक सप्ताहको औपचारीक समुद्घाटन गरिएको थियो ।
अक्सफोर्ड आवाशिय माबिका विद्यार्थीहरु , तमोर अङ्ग्रेजी स्कुलका विद्यार्थीहरु , नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफीक प्रहरी, स्थानीय लगायतको उपस्थिति रहेको थियो।
ताप्लेजुङमा ट्राफिक सप्ताह पुस ४ गते देखि १० गते सम्म सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आइतबार देखि जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतना मूलक कार्यक्रम गर्न लागेको हो ।कार्यक्रम ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको प्रमुख आतिथ्यतामा गरिएको थियो। आइतबार देखि सुरु भएको ट्राफिक सप्ताहमा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्वन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम सञ्चालन ट्राफिक सप्ताह मनाइदै गरेको हो । सोहि अनुसार ताप्लेजुङमा पनि ट्राफिक सचेतना अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय प्रमुख रोहित थापाले जानकार दिए ।
ट्राफिक सप्ताह कार्यक्रम अवधिभर ताप्लेजुङ जिल्ला भरिनै सवारी चालक तथा सह-चालकलाई जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विभिन्न ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । चालकको स्वास्थ्य परीक्षण समेत गर्ने भएको छ । यसै गरी ट्राफिक सप्ताह अन्तर्गत सवारी साधनको मेकानिकल चेकजाँच समेत अनुभवी मेकानिकद्वारा सडकमै गर्ने र सवारी साधनमा आवश्यक पर्ने कागजात सवारीको अवस्था र सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ ।
कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम तथा सार्बजानिक स्थलहरूमा समेत सडक प्रयोगकर्ताहरू भेला जम्मा गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम एवं जिल्ला भरका विभिन्न स्थानीय निकाय, सरोकारवालाहरू सँग समन्वय गरी ट्राफिक व्यवस्थापन कार्य एवं फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन लगायत दुर्घटना न्यूनीकरण सम्बन्धमा आवश्यक सहकार्य गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सम्पूर्ण सडक प्रयोगकर्ताको लागी विभिन्न मिडिया मार्फत संदेशहरु प्रवाह गर्नुका साथै माइकिङद्वारा समेत ट्राफिक सचेतना सम्बन्धी सन्देशहरू प्रवाह गरिने भएको छ ।












