१२ कार्तिक, ताप्लेजुङ । नेपाली सेनाको सैन्य पदमा जागिर मिलाई दिने भनि नगद ठगी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका ५ फन्चेम्बुका २४ वर्षीय सुवास फावेन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले जागिर मिलाई दिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका ४ साँवाका पेम्वा शेर्पासँग २० हजार नगद लिएका थिए ।

शेर्पाको जाहेरीको आधारमा लिम्बूलाई पक्राउ गरि ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कार्वाहीका लागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!