सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि गोलीले कसैलाई लागेको वा मानविय क्षती भने भएको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल भुईंमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर, काठमडौंका प्रमुख अशोक सिंहले जानकारी दिएका छन् । भारतीसंग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।







