६ कार्तिक, ताप्लेजुङ ।

पुष्पा तवेवुङ लिम्वू हत्या प्रकरणमा पक्राउ परेका रामकुमार कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

फक्ताङलुङ गाउँपालिका वडा नं. ३ स्थायी घर भई फुङ्लिङ नगरपालिका वडा नं. ६ विहिवारेमा कोठा डेरा गरी बस्ने पुष्पा तवेवुङ लिम्वूको गत असोज ८ गते हत्या भएको थियो।

कार्कीको बयान अनुसार फुङ्लिङ नगरपालिका वडा नं. ४ र ७ को सिमानामा पर्ने सेती चौतारा नजिक भिरमा लगेर विषादी खुवाइ भिरबाट घचेडी लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रमुख बालनरसींह राणाले जानकारी दिनुभएको छ।

फुङ्लिङ नगरपालिका वडा नं. १० बस्ने २४ वर्षका राम कुमार कार्की विरुद्ध कर्तब्य ज्यान सम्बन्धी कसुर मुद्दा शिर्षकमा जाहेरी दरखास्त अनुसार जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेशानुसार कार्कीलाई पुर्पक्षको लागि जिल्ला कारागार ताप्लेजुङ चलान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!