मन्त्री गहतराजले सिलवालको काम प्रति सरकार सन्तुष्ट हुन नसकेका कारण बर्खास्त गरेको बताएका छन् । ‘मन्त्रालय र राखेपबीच उहाँले समन्वय गर्न सक्नुभएन , खेलकुद मन्त्रीले भने, खेल क्षेत्रको विकासका लागि उहाँले गर्नु भएको प्रतिबद्धता अनुसार काम हुन नसकेपछि बर्खास्त गरेका हौं ।’

सिलवाललाई स्पष्टिकरणको मौका दिइएको र जवाफ सन्तोषजना हुन नसकेको मन्त्री गहराजको भनाई छ । ‘हामीले उहाँलाई सफाईको मौका थियौं । मन्त्री परिषदले स्पष्टिकरण मन्त्रालय मार्फत मागेको थियो,’ उनले भने, ‘तर उहाँले आफ्नो प्रतिबद्धता अनुसार काम गरेको पाइन । कानुन सम्मत र स्पिरिट अनुसार देखिएन । मन्त्री परिषद्मा उहाँको स्पष्टिकरणको जवाफको छलफल भयो । तर चित्त बुझ्ने अवस्था भएन । त्यसैले हटाइयो ।’

मन्त्री गहतराजले अब राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त हुने र उनकै नवौं राष्ट्रिय खेलकुद आयोजना गरिने पनि जानकारी दिए । नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए । तत्कालिन मन्त्री परिषद्ले ३ जनाबाट उनलाई छनोट गरेको थियो ।

गत वर्ष पदमुक्त भएको झन्डै तीन सातापछि उनी सदस्य सचिव पुनः नियुक्त भएका थिए । मन्त्री परिषदबाट नियुक्त हुने पहिलो सदस्य सचिव बनेका सिलवालको पदावधि ४ वर्ष भएपछि भण्डै ३ वर्ष समय बाँकी रहँदै बर्खास्तमा परेका हुन् । नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहने सिफरिस समितिले एक महिलासहित ३ जना नाम मन्त्री परिषद्लाई सिफारिस गर्नेछ ।

खेलकुद ऐनमा राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।

पहिलो पटक २०७६ असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल गत वर्ष असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए । उनको नेतृत्वमा नेपालले २०७६ मंसिर १५ देखि २४ सम्म १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो । सिलवाल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!