२८ असोज, ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका ८ ल्याङ्बामा ट्याक्सी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख भिम खत्रीले जानकारी दिनुभएको छ।

सदरमुकाम फुङ्लिङबाट तेल्लोकतर्फ जादै गरेको मे १ ज २०५६ नम्बरको बोलेरो ट्याक्सी मेची राजमार्ग अन्तर्गत फुङ्लिङ नगरपालिका ८ स्थित ल्याङ्बाको पुच्छर ट्रनिङ भन्ने स्थानमा दुर्घटना भएको हो।
ट्याक्सी सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएकोछ। दुर्घटनामा ट्याक्सी चालक र सहचालक समेत गरेर १८ जना घाइते भएका छन् । दुर्घटना पछीघाइतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको र ५ जनालाई जिल्ला अस्पताल ताप्लेजुङबाट सुबिधा सम्पन्न अस्पतालमा तत्काल रेफर गरिएको खत्रीले जानकारी दिनुभएको छ।
हेर्नुहोस नामावली :










