१८ असोज, ताप्लेजुङ। नेपाली कंग्रेस ताप्लेजुङको १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा गजेन्द्र प्रसाद तुम्याहाङले विजय हासिल गर्नू भएको छ । तुम्याहाङले ५ सय ८८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धि छविलाल गुरुङले ४ सय ३० मत प्राप्त गर्नु भएको छ । उहाँहरुबीचको मतान्तर १ सय ५८ रहेको छ ।
यसैबी उपसभापतिमा ४ जनाले उम्मेद्वारी दिनुभएकोमा गणेश बहादुर लिम्बूले ५ सय ३३ र डिल्लीरमण बराले ५ सय २८ मत प्राप्त गरेको विजयी हुनु भएको छ । उहाँहरुका प्रतिष्पधीद्वय चन्द्रमान खोयाहाङ र रविन्द्रकुमार वनेमले क्रमश ४ सय ३० र ३ सय ९६ मत प्राप्त गर्नू भएको थियो ।
यस्तै सचिव पदमा डम्बर हाङगाम (युकहाङबीर) र नन्दकुमार ओझा चयन हुनु भएको छ । हाङगामले ५ सय ८९ र ओझाले ४ सय ४२ मत प्राप्त गर्नु भएको थियो । उहाँहरुको प्रतिस्पर्धीद्वय मातृका शेर्पाले ४ सय २२ र चक्र बहादुर खत्री भट्टराईले ३ सय ९६ मत पाउनु भएको थियो ।
त्यस्तै सहसचिव पदमा तेजकुमार सुनुवार (जंग)ले ६ सय ३८ र नन्दकुमार आङबुहाङले ४ सय ९४ मत पाएर विजयी हुनु भएको छ । सहसचिव पदका अन्य दुई जना उम्मेद्वार जैनारायण नाल्बो र यामबहादुर लिम्बू (वाईबी)ले क्रमश ४ सय २८ र ३ सय ३७ मत प्राप्त गर्नु भएको थियो । जिल्ला पदाधिकारीमा सहसचिव पदका उम्मेद्ववार सुनुवारले सबैभन्दा बढी ६ सय ३८ मत पाउन सफल हुनु भएको छ ।
यस्तै ३३ सदस्यीय रहने जिल्ला कमिटीमा ११ सदस्यका लागि मतदान भएको थियो भने २२ जना सदस्य निर्विरोध चयन भएका थिए । केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि ४ जना निर्विरोध चयन भएका छन् भने २१ जना निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु:
१, सभापति : गजेन्द्र प्रसाद तुम्याङ
२, उपसभापति : गणेश बहादुर लिम्बू
३, उपसभापति : डिल्लीरमण बराल
४, सचिब : डम्बर हाङगाम (युकहाङ)
५, सचिब : नन्दकुमार ओझा
६, सहसचिब : तेजकुमार सुनुवार (जंग)
७, सहसचिब : नन्दकुमार आङबुहाङ
८, सदस्य : असाेक कुमार आङबुहाङ (आठराई त्रिवेणी) निर्विराेध
९, सदस्य : जसमति लिम्बू (आठराई त्रिवेणी) निर्विराेध
१०, सदस्य : दिनेश लिम्बू (मेरिङदेन) निर्विराेध
११, सदस्य : फिपरानी लिम्बू (मेरिङदेन) निर्विरोध
१२, सदस्य : कृष्ण कुमारी गुरुङ (फक्ताङ्लुङ) निर्विरोध
१३, सदस्य : शेरबहादुर लिम्बू (फक्ताङ्लुङ) निर्विराेध
१४, सदस्य : चन्द्रमाया लिम्बू (मैवाखाेला) निर्विरोध
१५, सदस्य : राजेश बहादुर मास्वा (मैवाखाेला) निर्विराेध
१६, सदस्य : तेजकला लिम्बू (मिक्वाखाेला) निर्विराेध
१७, सदस्य : कुशल बस्नेत (मिक्वाखाेला)
१८, सदस्य : आईतरानी लिम्बू (सिदिङ्बा) निर्विराेध
१९, सदस्य : गुप्तीराम श्रेष्ठ (सिदिङबा) निर्विरोध
२०, सदस्य : तारानाथ बराल (फुङलिङ) निर्विरोध
२१, सदस्य : सुरेन्द्र बस्नेत (फुङलिङ) निर्विरोध
२२, सदस्य : शिव कुमारी केदेम (फुङलिङ)
२३, सदस्य : कुमार खिम्दिङ (पाथीभरा याङ्वरक)
२४, सदस्य : सुजता पाैडेल (पाथीभरा याङवरक)
२५, सदस्य : सन्ताेष थेबे लिम्बू (सिरिजंगा)
२६, सदस्य : सविता लिम्बू लिङ्देन (सिरिजंगा)
२७, सदस्य : चन्द्रमाया लिम्बू (आदिवासी जनजाति- महिला) निर्विरोध
२८, सदस्य : मनमाया तामाङ (आदिवासी जनजाति- महिला) निर्विरोध
२९, सदस्य : लमु शेर्पा (आदिवासी जनजाति- महिला) निर्विरोध
३०, सदस्य : शान्ति मादेन (आदिवासी जनजाति- महिला) निर्विरोध
३१, सदस्य : कुमारसिंह नाल्बाे (आदिवासी जनजाति- खुल्ला) निर्विरोध
३२, सदस्य : छत्रमणि लिम्बू (आदिवासी जनजाति- खुल्ला) निर्विरोध
३३, सदस्य : छिरिङ शेर्पा (आदिवासी जनजाति- खुल्ला) निर्विराेध
३४, सदस्य : नन्द कुमार श्रेङ (आदिवासी जनजाति- खुल्ला) निर्विरोध
३५, सदस्य : रुद्रकुमार मादेन (आदिवासी जनजाति- खुल्ला) निर्विरोध
३६, सदस्य : भिम बस्नेत (खस आर्य)
३७, सदस्य : गुरु पाैडेल (खस आर्य- खुल्ला)
३८, सदस्य : नेत्रप्रसाद बराल (खस आर्य- खुल्ला)
३९, सदस्य : कृष्ण प्रसाद ढाेलि (दलित)
४०, सदस्य : दावा छेतेन शेर्पा वालुङ (अल्पसंख्यक वा अपाङ्गता)







