ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्वियु (क्रान्तिकारी) ले संविधान दिवसमा अवसरमा आईतबार सदरमुकाम फुङलिङमा दीप प्रज्वलन गरेको छ ।
फुङलिङ बजारको विरेन्द्र चौक स्थित माओवादी केन्द्रको पार्टी कार्यालय परिसरमा आईतबार साँझ दीप प्रज्वलन सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो अनेरास्वियू (क्रान्तिकारी) ले जनाएको छ ।
दीप प्रज्वलन कार्यक्रम संगै पार्टी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको थियो । पार्टीका नेता खेल प्रसाद बुढाक्षेत्री (पराग), बिजय प्रकास वनेम, बमबहादुर भट्टराई (तारा) गंगा शंकर लगायतको उपस्थितीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको अनेरास्ववियुका नगर ईन्चार्ज सरोज शंकरले जानकारी दिनुभयो ।









