३ असोज, ताप्लेजुङ । विभिन्न कसुरमा कैद सजाय भोगिरहेका ताप्लेजुङका ३ जनाको सजाय मिनाहा भएको छ । संविधान दिवसका अवसरमा ३ जनाको कैद सजाय मिनाहा भएको जिल्ला कारागार ताप्लेजुङले जनाएको छ ।

कारागारका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङका हर्कबहादुर राई, फुङलिङ नगरपालिका ३ का प्रेम लिम्बू र मिक्वाखोला गाउँपालिका स्थित खोक्लिङका चाउरे भनिने कुमार शेर्पाको कैद मिनाहा भएको हो । राई र शेर्पा कर्तव्य ज्यान मुद्धामा र प्रेम लिम्बू ज्यान मार्ने उद्योग मुद्धामा कैद सजाय भोगिरहेका थिए । उनिहरुको ५० प्रतिशत सजाय भुक्तान भईसकेको छ ।

कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार १० वर्ष कैद सजाय तोकिएका राईले ५ वर्ष १ महिना, २ वर्ष तोकिएका लिम्बूले १ वर्ष ८ दिन, १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष ९ महिना कैद भुक्तान गरिसकेकाछन् । कारागारमा असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेकालाई छुटका लागि सिफारिस गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!