पूर्ण सुरक्षा मापदण्ड लागु गर्दै ताप्लेजुङका बिद्यालय खुलाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको डिसिसिएमसिको बैठकमा बिद्यालय सञ्चालन सम्वन्धि कार्यढाँचा २०७७ अनुसारका मापदण्ड र प्रकृया पुरागरी कुल कक्षा संख्या वा बिद्यार्थी संख्याको एकतिहाइ आलोपालो वा सिफ्टमा उपस्थित गराई सञ्चालन गर्ने निर्णय भएको हो । यो कार्यढाँचा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिनै जारी गरेको छ ।
आर्थिक, सामाजिक जीवनका गतिविधि बढाउन बिभिन्न बिकल्प र उपाय समेटिएको मोडलनै स्मार्ट लकडाउन भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गर्न बैठकले सबैसग अनुरोध गरेको छ । विहान ५ देखि बेलुका ५ वजेसम्म मात्रै खुल्दै आएको वजार पसल अव पुरै खुल्न पाउने भएका छन ।







