ताप्लेजुङ । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले ‘तपाईंको माक्स खोइ ’ अभियानलाई तीव्रता दिन थालेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यालयका प्रमुख प्र.ना.उ. बाल नरसिंह राणा आफैं सडकमा निस्किएर माक्सको प्रयोग अनिवार्य गर्नको लागि सर्वसाधारणलाई निर्देशन दिनुभएको छ।

ताप्लेजुङको फुङ्लिङ बजारमा प्रत्येक दिन कोरोनाको दोस्रो लहर फैलिएसङै ताप्लेजुङ प्रहरी र ट्राफिक प्रहरीले अभियानकै रूपमा मास्क वितरण गर्दै आएको छ । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन ।

सरकारको ‘नेपाल माक्स अभियान’ घोषणासँगै ताप्लेजुङ प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको प्र.ना.उ. श्री बाल नरसिंह राणाले बताउनुभएको छ । सरकारले सहीरूपमा माक्स लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न उक्त अभियान घोषणा गरेको थियो ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि ताप्लेजुङ प्रहरी र ट्राफिक प्रहरीद्वारा सञ्चालित ‘तपाईंको माक्स खोइ ’ कार्यक्रमअन्तर्गत हरेक दिन १०० ओटाभन्दा बढि माक्स बितरण गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रोहित थापाले कन्चनजङ्घा न्युजलाई जानकारी दिनुभएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि ताप्लेजुङ प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको हो ।
यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने जोकोहिलाई पनि कारवाही गरिने ताप्लेजुङ प्रहरीले जनाएको छ ।

कन्चनजङ्घा न्युज डट कम २०७७ मङ्सिर ५ गतेबाट कन्चनजङ्घा मिडिया नेटवर्कद्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । सत्य तथ्य, अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाही गरिने जानाकारी गराइन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!