२ भदौ, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले प्रयोग गर्दै आएको स्कारपियो गाडीलाई ट्याक्टरले ठक्कर दिएको छ ।

सदरमुकाम स्थित शिक्षा लाईनमा बजार तर्फ आउँदै गरेको मे १ झ १६३ नम्बरको स्कारपियो गाडीलाई चालक विहिन विपरित दिसाबाट गुडेर आएको मे १ त २१८७ नम्बरको ट्याक्टरले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फर्निचर उद्योग नजिकै रोकेर राखेको चालक विहिन ट्याक्टर अचानक गुडेर अघि बढ्दा नगरपालिकाको गाडी संग ठोक्किएको बताईएको छ ।

ट्राफिक प्रहरीका अनुसार मानविय क्षति भएको छैन । तर नगरपालिकाको गाडीको अघाडीको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!