२६ श्रावण, ताप्लेजुङ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले कोरोना भाइरसको संक्रमण कम गर्न तपार्इँको मास्क खोइ अभियान चलाएको छ । सडकमा प्ले कार्डसहित पैदल यात्री तथा सवारी रोकेर प्रहरीले तपाइँको मास्क खोइ भन्दै सर्वसाधारणलाई प्रश्न गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय ताप्लेजुङका एक दर्जन बढी प्रहरी कर्मचारीले सदरमुकाम फुङ्लिङ बजारको तोक्मेदेखी बिरेन्द्र चौक नगर परिक्रमा गरि माक्स खोइ लेखिएको प्ले काड देखाउँदै मास्क लगाउन आग्रह गरेका हुन् ।
कोरोनाको दोस्रो लहर चलिरहेका बेला नागरिकमा यसको जोखिम कम गर्न भन्दै प्रहरीले यो अभियान थालेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रोहित थापाले जानकारी दिनुभएको छ । पैदल यात्रु तथा सवारी चालकलाई सिस्टाचारसहित नम्र भाषामा उनीहरुले सडकमा रोकेर माक्स प्रयोग गर्न सुझाएका थिए ।














