२३ श्रावण, ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. ४ ले आफ्नो क्षेत्रमा रहेका निजि बिधालयका शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउनबाट बन्चित गरेको छ।
शिक्षक तथा कर्मचारीहरुलाई खोप दिने भनेर बोलाइए पनि खोप केन्द्रमा पुगेर लाइनमा बसेका निजि बिधालयका शिक्षकलाई लाइनबाटै निजिलाई होइन भन्दै फर्काइएको लिटल बुद्ध आवासीय माबिका सहायक प्रधानाध्यापक सुरेन्द्र बस्नेतले बताउनु भयो।
हामीलाई आफ्नो परिचयपत्र सहित बोलाएर लाइनमा राखी खोप निजि शिक्षकलाई होईन भनी फर्काउनु आफुहरुलाई नगरपालिकाले अपमान गरेको बस्नेतको भनाइ रहेको छ।
जिल्लामा हुने गरेका हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै जिल्लालाई नै शैक्षिक क्षेत्रमा नमुना बनाउदै गएका निजि बिधालयलाई नगरपालिकले गरेको यो असभ्य र अनैतिक व्यावहारप्रती जिल्ला प्याब्सन ताप्लेजुङको आपत्ति रहेको प्याब्सन सचिब देवराज गुरुङले बताउनुभएकोछ।
उता नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले खोपको संख्या कम भएर दिन नसकेको बताउनु भएको छ।
जनस्वास्थ कार्यालय ताप्लेजुङले निजि बिधालयका सबै शिक्षक तथा कर्मचारीलाई खोप दिने भन्दै ७ दिन अगाडि नै शिक्षक कर्मचारी विवरण मागेको थियो।
यता वाड न. ३ मा पनि निजि स्कुलका शिक्षकलाइ खोप दिन एक जना जनप्रतिनिधि बिरोध गरिरहेका थिए । तथापि खोप भने अन्त्यमा लगाउन सफल भएको निजि स्कुलका एक शिक्षकले बताउनुभयो। तर अरु वाडहरुमा सहज रुपमा सबैलाई खोप लगाइएको पाइएको छ।







